नेप्सेमा २३ अंकको गिरावट, १ अर्ब ६८ करोडको कारोबार

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१४श्रावण, २०७७, बुधबार / Jul 29, 2020 15:35:pm

साताको चौथो दिन बुधबार नेप्से परिसूचक २३. ३६ अंकले घटेर १४३१.५२ अंकमा बन्द भएको छ।  ठूला कम्पनीहरु समेटिएका बीमा, बैंकिङ्ग सहित, होटल, लघुवित्त, ब्यापार, विकास बैंक, म्युचुअल फण्ड, र उत्पादनमुलक सूचक १ प्रतिशत बढीले घट्दा सूचकमा उच्च गिरावट आएको हो।

आज १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर २४ हजार २२४ पटक खरीद बिक्री हुँदा कूल १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम भने ४२ करोड ७३ लाख रुपैयाँले बढेको हो। मंगलबार १ अर्ब २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

कारोबार अवधिभर नै ऋणात्मक रहेको नेप्से अन्त्यसम्मै घट्न पुग्यो। अल्पकालीन लगानीकर्ताहरुबाट छोटो अवधिका लागि नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न पुगेको हो। ठूला कम्पनीको शेयर सूचक मापन सेन्सेटिभ इन्डेक्स ५.१८ अंकले घटेर ३००.४९ बिन्दुमा बन्द भएको छ।

आज कारोबारमा आएका १२ वटै उपसमूहको सूचक ऋणात्मक बनेका छन्। होटलको सूचक सबैभन्दा धेरै ३.६४ प्रतिशतले घट्दा निर्जीबन बीमा २.३९, लघुवित्त २.२४ र जीबन बीमाको सूचक २.१८ प्रतिशतले घटेको छ। बैंकिङ्ग १.७३, ब्यापार १.३१, विकास बैंक १.१८, उत्पादनमूलक १.७७, म्युचुअल फण्डको सूचक १.५१ प्रतिशतले घटेका छन्। वित्त, जलविद्युत, अन्यको सूचक भने १ प्रतिशतभन्दा कमले घटेका छन् ।

आज नेपाल रि-इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल लाईफ इन्स्योरेन्सको १० करोड ८१ लाख ३३ हजारको शेयर कारोबार भएको छ।

Symbol Turnover Closing Price
As of 2020-07-29 15:00:00
NRIC 157,100,105.00 584.00
NLIC 108,133,500.00 1,343.00
NICA 88,824,142.00 570.00
NTC 88,752,213.00 657.00
NMB 56,518,692.00 430.00
HDL 47,523,883.00 1,683.00
NICLBSL 43,768,120.00 812.00
NABIL 38,537,876.00 845.00
SICL 37,556,690.00 1,215.00
EBL 32,397,378.00 748.00

यसैगरी एनआईसी एशिया बैंकको ८ करोड ८८ लाख, नेपाल टेलिकमको ८ करोड ८७ लाख, र एनएमबि बैंको ५ करोड ६५ लाखको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरी, एनआईसी एशिया लघुवित्त, नबिल बैंक, शिखर इन्स्योरेन्स र एभरेष्ट बैंकको पनि शीर्ष कारोबार भएको छ। दशौं स्थानमा रहेको एभरेष्ट बैंक ३ करोड २३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

आजको बजारमा युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, मिर्मिरे माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

Symbol LTP Point Change % Change
As of 2020-07-29 15:00:00
UNHPL 55.00 5 10.00
JOSHI 66.00 6 10.00
MMFDB 961.00 87 9.95
ACLBSL 492.00 44 9.80
GHL 58.00 5 9.43
DHPL 54.00 4 8.22
AKJCL 52.00 4 8.11
KKHC 50.00 4 8.11
MHNL 88.00 4 4.76
PPCL 119.00 5 4.39
View All

उता जनउत्थान लघुवित्तको सबैभन्दा धेरै ९.४५ प्रतिशतले शेयरमूल्य घटेको बजारमा ग्लोबल आईएमई लघुवित्त, मिथिला, स्पर्स, नेपाल सेवा, स्वरोजगार, सबैको, समीट, विजय र नेरुडे लघुवित्तको शेयरधनी पनि गुमाएका छन्। दशौं धेरै गुमाएका नेरुडे लघुवित्तका शेयरधनीले ५.५३ प्रतिशतले गुमाएका हुन्। अन्यको सोभन्दा धेरै गुमेको छ।

Symbol LTP Point Change % Change
As of 2020-07-29 15:00:00
JSLBB 1,485.00 -155.00 -9.45
GILB 1,213.00 -97.00 -7.40
MLBBL 733.00 -57.00 -7.22
SPARS 840.00 -63.00 -6.98
NSEWA 712.00 -52.00 -6.81
SLBBL 853.00 -62.00 -6.78
SABSL 767.00 -53.00 -6.46
SMFBS 900.00 -60.00 -6.25
VLBS 925.00 -55.00 -5.61
NLBBL 700.00 -41.00 -5.53

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments