नागरिक लगानी कोषले शेयर कारोबारका लागि खोज्यो ब्रोकर

Note Bazar २३श्रावण, २०७७, शुक्रबार / Aug 07, 2020 10:06:am

नागरिक लगानी कोषले शेयर कारोबार गर्नका लागि दलाल व्यवसायीहरुबाट आवेदन माग गरेको छ । यसअघि पनि सूचना मार्फत ब्रोकरसँग आवेदन मागेको कोषले दोस्रो पटक सूचना निकाल्दै शेयर दलालहरुबाट आवेदन माग गरेको हो ।

कोषले आर्थिक वर्ष २०७७/७८ को लागि ब्रोक्ररेज सेवा दिन कम्तीमा ५ वर्षको अनुभव भएका इच्छुक ब्रोकरलाई पछिल्लो आर्थिक वर्षको कारोबार विबरण, पछिल्लो ३ आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन लगायतका कागजात सहित आवेदन दिन भनेको छ । तोकिएको मापदण्ड पुरा गरेका ब्रोकरले आर्थिक वर्ष २०७५/०७६ को कर चुक्ता प्रमाणपत्र सहित २०७७ साउन २९ गते भित्र नागरिक लगानी कोषमा आवेदन दिइ सक्नुपर्ने छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कोषले धितोपत्र बजारमा ११ अर्ब लगानी गरेको छ । जसमध्ये संगठित संस्थाको शेयरमा १० अर्ब १९ करोड र ६० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments