दोर्दी खोलाको साधारण सभा गणपूरक सङ्ख्या नपुग्दा स्थगित, माघ २६ गते पुन: आह्वान

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१०माघ, २०७७, शनिबार / Jan 23, 2021 14:09:pm

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शुक्रबार (माघ ९ गते) आह्वान गरेको साधारण सभा स्थगित भएको छ ।

कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा शुक्रबार आह्वान गरिएको साधारण सभा गणपूरक सङ्ख्या अपुग भएपछि सभा स्थगित भएको हो ।

गणपूरक सङ्ख्या नपुगेपछि शुक्रबारै बसेको सञ्चालक समिति बैठकले यहि माघ २६ गते, सोमबार, कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे कम्पनीले पुनः साधारण सभा डाकेको छ ।

कम्पनीले उक्त साधारण सभाबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने, आयोजना निमार्णका लागि थप ऋण लिने, र नियामक निकायको निर्देशन बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने विशेष प्रस्ताव गरेको छ ।

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

वोविनार मार्फत आह्वान गरिएको उक्त साधारण सभाका लागि पुस २१ ग्तेसम्म कायम शेयधनी मात्र योग्य रहने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments