लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारण सभा साउन १७ गते

नोटबजार संवाददाता
काठमाण्डौं ।
२६असार, २०८०, मंगलवार / Jul 11, 2023 10:49:am

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते बुधबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौंमा २० औं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरणको प्रस्ताव नगरेको कम्पनीले सामान्य प्रस्तावहरु राखेर सभा बोलाएको छ ।

सभाले संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने भएको छ ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ साउन ९ गते मंगलबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार साउन ८ गतेसम्म सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन पाउनेछन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments