तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव

Note Bazar २६कार्तिक, २०८०, आईतवार / Nov 12, 2023 13:43:pm

तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो । अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पु¥याउने बैंकको लक्ष्य छ ।

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ । यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने विज्ञप्तिमा उल्लेख छ । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab प्रयोग गर्नुपर्ने छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments