सिद्धार्थ बैंकको साढे ५ लाख संस्थापक सेयर सर्वसाधारणका लागी बिक्री खुला

नोटबजार संवाददाता
काठमाण्डौं ।
६मंसिर, २०८०, बुधबार / Nov 22, 2023 07:03:am

सिद्धार्थ बैंकले ५ लाख ४९ हजार ५७३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ९५ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको र उक्त सेयर बिक्री नभएकोले पुनः इच्छुक व्यक्ति, कम्पनी वा संस्थालाई सेयर बिक्री गरिने सूचनामा उल्लेख छ ।

इच्छुक लगानीकर्ताले आज ( मंसिर ६ गतेदेखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाण्डौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ । सेयरको बिक्री मूल्य क्रेता र बिक्रेताको सहमतीअनुसार हुनेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments