सिद्धार्थ बैंकको लाभांश वितरण

नोटबजार संवाददाता
काठमाण्डौं ।
७मंसिर, २०८०, बिहीबार / Nov 23, 2023 14:41:pm

सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांश वितरण गरेको छ ।

गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश दिएको बैंकले साधारण सभा सम्पन्न भएको दिन मङ्सिर ५ गतेदेखि नै नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

बैंकको २२ औँ वार्षिक साधारण सभाले पारित ४.२१ प्रतिशत नगद लाभांश बुकक्लोज मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताको खातामा नै वितरण गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश पाएा छन् ।

बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments