शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको बताइएको छ ।