शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ


काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको बताइएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार  ०७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।