भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरावलोकन’ पछि कटौती गर्ने सङ्केत गरेकस् छन् ।
कटौती गरेको राष्ट्रिय बचत योजना र सार्वजनिक सञ्चय कोषलगायतमा लागु गर्नेगरी आएको ब्याजदर योजनाले लाखौँ मध्यम वर्गीय बचतकर्तालाई प्रभाब पार्ने भन्दै यसलाई विचाराधीन राखिएको बुधबार अर्थमन्त्रालयले बताएको छ ।
“भारत सरकारको साना बचत योजनाको ब्याज दर २०२०/२०२१ को अन्तिम त्रैमासिक अवधिको दरमा जारी रहनेछ, जसमा मार्च २०२१ सम्ममा पर्ने दरहरू पुनरावलोकन गर्दै फिर्ता लिइने छ,” अर्थमन्त्री सीतारमणले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
यदि नयाँ कर दर निर्देशन कार्यान्वयन भएको भए यो एक बर्षभित्र सानो बचतमा दोस्रो कटौती हुने थियो । यो दर लागु हुँदा उक्त क्षेत्रको ब्याज दर चार दशकमा सबैभन्दा न्यून हुने थियो ।
आर्थिक वर्ष २०२०/२१ को अप्रिल–जूनको त्रैमासिकमा सरकारले साना बचत योजनाहरूको दर ०.७० देखि १.४ प्रतिशतले कटौती गरेको थियो । यो कटौतीले बालिकाहरू तथा ज्येष्ठ नागरिकका बैंकिङ योजनाहरूलाई पनि प्रभाव पार्ने आशङ्का व्यक्त गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया