काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली देखिँदा कारोबार रकम ९ अर्ब माथि पुगेको छ । बिहिबार सेयर बजार परिसुचक नेप्से २५.८९ अंकले बढेर २७३१.८० अंकमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीलाई तिब्र बनाउँदा त्यसको सिधा असर सेयर बजारमा परेको हो । जसका कारण लगानीकर्ता उत्साहित बन्दा बजार परिसुचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।
बिहीबार कारोबारमा आएका ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ८८ हजार ६१५ पटक किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से २२.०४ अंकले बढेर २७०५.९० अंकमा पुग्दा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकम २ अर्ब २३ करोड रुपैयाँले बढेको हो ।
बिहिबार व्यापार समूह २२.४८ अंकले घटेको बजारमा जलविद्युत समूह पनि ७.९२ अंकले घटेको छ । लघुवित्त समूह ७१.२० अंकले बढेको बजारमा विकास बैंक समूह ६२.६२ अंकले, बैंकिङ्ग समूह ४२.७२ अंकले, निर्जीवन बीमा समूह ३४.९७ अंकले उत्पादन तथा प्रशोधन समूह ३२.७४ अंकले, जीवन बीमा समूह २५.६४ अंकले र वित्त समूह १२.६८ अंकले बढेको छ ।
माई खोला हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशतले बढेको बजारमा माण्डु हाइड्रोपावरको सेयर मूल्य ६.७६ प्रतिशत, समता घरेलु लघुवित्तको सेयर मूल्य ६.५७ प्रतिशत, भगवती हाइड्रोपावरको सेयर मूल्य ६.५२ प्रतिशत र सानिमा बैंकको सेयर मूल्य ४.८० प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ६.४७ प्रतिशतले घटेको बजारमा सिन्धु विकास बैंकको सेयर मूल्य ४.३९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ४.३५ प्रतिशत र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३.६७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट फण्ड ५७ करोड ५ लाख ७७ हजार रुपैयाँको कारोबारसहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड (दुई) १४ लाख ९९ हजार ५५५ इकाईको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा कुमारी बैंक २ हजार १६० पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
बिहिबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४५ खर्ब ५१ अर्ब ५७ करोड २८ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । यसै साता राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने र बजारमैत्री सम्बोधन हुने आशमा बजारमा पछिल्ला दिन सुधार देखिएको हो ।












प्रतिक्रिया