साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १८.६६ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६९० दशमलव २८ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५६ कम्पनीका २६ हजार ४६२ कित्ता शेयर १ करोड ६९ लाख ७१ हजार ८३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया