ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ नतिजा नोटबजारमा हेर्नुहोस्

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
७फाल्गुन, २०७७, शुक्रबार / Feb 19, 2021 16:16:pm

ग्रीन लाइफ हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको (आईपीओ) बाँडफाँड नतिजा नोटबजार डटकममा प्रकाशित भएको छ ।

आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्ट (IPO Result) मा जानुहोस । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार कार्यालयमा बाँडफाँड गरिएको आईपीओ ३ लाख २५ हजार १६५ जना आवेदकले प्राप्त गरेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ जनाले ११ कित्ता तथा ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका हुन् ।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जनाले आवेदन गरेकामा सदर आवेदक १३ लाख १९ हजार ५९ जनलाई गोलाप्रथामा सहभागि गराइएको हो । ती आवेदकबाट २ करोड २६ लाख ३३ हजार १७० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । आईपीओमा आवेदन गरेकोमध्ये ३ हजार ६१२ वटा आवेदन मार्फत परेको ५८ हजार ३२० कित्ताको माग रद्ध गरिएको क्यापिटलले जनाएको छ ।

हाइड्रोपावरले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।

कम्पनीले सर्वसाधारणबाट ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि माग गरेकोमा कुल १३ लाख २२ हजार ९७१ वटा आवेदन मार्फत २ करोड २६ लाख ९१ हजार ४९० कित्ताको माग परेको थियो । जुन ६.९८ गुणा धेरै हो । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा माघ २३ गतेदेखि २७ गतेसम्म बिक्री गरेको आईपीओ फागुन ७ गते शुक्रबार बाँडफाँड भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments