ग्रीन लाइफको नेप्सेमा कतिमा खुल्छ पहिलो कारोबार ?

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१चैत्र, २०७७, आईतवार / Mar 14, 2021 13:18:pm

गत फागुन ७ गते शेयर बाँडफाँड भएको ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) सूचीकृत हुने अन्तिम चरणमा रहेको छ ।
यससँगै कम्पनीको कम्पनीको शेयर कारोबार कति रुपैयाँमा खुल्छ भन्ने कौतुहलता आईपीओ पाएका सहित शेयर बजारका अन्य लगानीकर्ताहरुमा समेत रहेको छ ।

कम्पनी र शेयर बिक्री प्रबन्धकका अनुसार सूचीकरणका सबै कागजात तयारी गरकाले उक्त आईपीओ सोमबार सूचीकृत हुनसक्ने सम्भावना उच्च रहेको छ ।

नेप्सेका सीईओ चन्द्र सिंह साउद विदा सकाएर नियमित कामममा फर्किसकेकाले कम्पनीको शेयर सोमबार सूचीकरण हुनसक्ने बताइएको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको पछिल्लो लेखापरिक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।

यसरी लेखापरीक्षणबाट कायम हुन आएको प्रतिशेयर नेटवर्थलाई आधार मानेर नेप्सेले कारोबार रेञ्ज तोक्ने गर्दछ । जसअनुसार प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

यस आधारमा हेर्दा ग्रीन लाइफ हाइड्रोपावरको आव २०७६।७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ९९.६७ रुपैयाँ रहेको छ । यस आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गर्नेछ ।

कम्पनीको आईपीओ सूचीकरण भएको दोस्रो दिनमा कारोबार खुल्दा अधिकतम रेञ्जमा खुला भए २९९ रुपैयाँमा नत्र ९९ रुपैयाँदेखि माथि अधिकतम कारोबार रेञ्जभन्दा कममा जुनसुकै मूल्यमा खुल्न सक्छ ।

पहिलोे कारोबारपछि नेप्सेमा नियमित समयमा २ प्रतिशत र प्रि ओपन सेसनमा ५ प्रतिशत घटबढ भएर कारोबार हुनसक्ने व्यवस्था छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments