ग्रीनलाईफ हाइड्रोपावरको लकइन पिरियडमा रहेको सेयरको अवधि समाप्त हुँदै

नोटबजार संवाददाता
काठमाण्डाैं ।
५माघ, २०८०, शुक्रबार / Jan 19, 2024 13:50:pm

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लकइन अवधि फागुन ६ गतेदेखि सकिने भएको छ ।

कम्पनीले वितरण गरेको संस्थापकतर्फको १ करोड ४४ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरेको ६९ हजार ९२८ कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ३ हजार ६०० कित्ता सेयरको लकइन अवधि फागुन ६ गतेदेखि सकिने जानकारी दिएको हो ।

धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूले लकइन अवधि सकिनुभन्दा एक महिनाअघि सार्वजनिक सूचना मार्फत आम लगानीकर्तालाई जानकारी गराउनुपर्ने व्यवस्था गरेपछि कम्पनीले सूचना जारी गरेको हो ।

सेयरहरूमध्ये सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वको सेयर भने रोक्का नै रहने जानकारी कम्पनीले दिएको छ ।  चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको दोस्रो बजारको सेयर मूल्य २६१ रुपैयाँ छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments