एलआईसीको बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल (LICN) ले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ बोनस शेयर सुरक्षित गर्ने अनाइतबार अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले लाभांश वितरण र १६ औं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन २१ गते मंगलबारदेखि चैत ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द निर्णय गरेको छ। सोमबार शिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन २१ गते आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन्। 

कम्पनीको शेयर फागुन १५ गते बुधबार प्रतिकित्ता एक हजार ६०४ रुपैयाँमा कारोबार भएको छ।एलआईसीले चैत ४ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे आर्थिक वर्ष २०७३/७४ को साधारण सभा डाकेको छ।

सभाले बाेनसमा लाग्ने कर प्रयाेजन सहित १२.६३ प्रतिशत लाभांशका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने, र आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा नियामक निकायको निर्देन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव छलफल गरि पारित गर्नेछ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त भएका सञ्चालकलाई अनुमोदन समेत गर्नेछ ।
हाल एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसीको बोनस पूँजीकरणपछि एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ पुग्नेछ।