काठमाडौँ । दुईदिन बढेको सुनचाँदीको मूल्य बुधबार फेरी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार र मंगलबार बढेको सुनको मूल्य आज एकैदिन ६ हजार ५०० रुपैयाँले घटेको हो ।
सोमबार ४ हजार ८०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ५०० रुपैयाँले बढेको थियो ।
आज सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५४६।८८ अमेरिकी डलर र चाँदी ४०।७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
