एनआईसी एशिया बैंकका ५ नयाँ शाखा सञ्चालनमा


एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बाराको फेटामा गरी ५ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कार्यालयहरु मध्यपुर थिमी भक्तपुर शाखाको उद्घाटन सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापति, मनोहरा नगरपालिका गोठाटार शाखाको कृष्णहरि थापा, सूर्यविनायक नगरपालिकाको शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्य, चद्रांगिरी नगरपालिका सतुंगल शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा बारा जिल्लाको फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बुधबार गरेका हुन ।

बैंकले मुलुकभर २८१ शाखाकार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले करिब १५ लाख ग्राहकलाइ बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।