देव विकासबैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच सम्झौता


देव विकासबैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा देव विकास बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार देव विकास बैंकले देश भर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार सुरु गरेको हो । महालक्षमीले हाल काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल,कोहलपुर,सुर्खेत, दाङ्ग, धनगढी, बिर्तामोड, वानेश्वर, पेप्सीकोला, ललितपुर, कलंकी, हात्तीगौडा, चाबहिल र सामाखुशीबाट कारोबार सुरु गरिसकेको छ ।