श्री इन्भेष्टमेन्ट फाइनान्सको इपिएस ९ रुपैयाँ ३२ पैसाले घट्यो

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको ९ रुपैयाँ ३२ पैसाले घटेको छ। गत वर्षको तेस्रो त्रैमासमा २५ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दानी कायम गरेको फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७६ पैसामा सीमित भएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्सले ९ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ७ लाख ४७।२८ प्रतिशतले बढी हो । चैत मसान्तसम्म फाइनान्सले गत वर्षको तुलनामा ४७.४६ प्रतिशत बढी १८ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी बढेसँगै फाइनान्सको खुद नाफामा बढोत्तरी देखिएको हो ।

खुद नाफा बढेपनि चुक्ता पूँजी १३४.४८ प्रतिशतले बढाएर ८१ करोड कायम गर्दा प्रतिशेयर आम्दानी घटेको हो। यस्तै फाइनान्सको जगेडा कोष ३२.४९ प्रतिशतले घटेर २५ करोड ६० लाखमा झरेको छ ।

यस अवधिमा फाइनान्सले ४ अर्ब ४२ करोड निक्षेप संकलन र ४ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।  फाइनान्सको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा, निष्क्रिय कर्जा अनुपात ०.१९ प्रतिशत छ ।