काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाइने

0
Shares

काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले तीनवटै सरकार सञ्चालनको अनुभव प्रयोग गरेर महानगरलाई व्यवस्थित र समृद्ध बनाइने बताएका छन् ।

नेपाल सरकारका सचिवसमेत रहेका न्यौपानेले आइतबार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्दै आफूले नगरवासीको इच्छा र चाहनाअनुरुपको विकासको काम गर्ने उल्लेख गर्दै त्यसका लागि जनप्रतिनिधि र कर्मचारीको पनि सहयोग आवश्यकपर्नेमा जोड दिए ।

मन्त्रिपरिषद्को वैशाख २ गतेको निर्णयले सचिव न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा सिफारिश गरेको को थियो । यसअघि उन प्रदेश १ का प्रमुख सचिवका रुपमा कार्यरत थिए ।

पदबहाली गर्नुअघि महानगरको सभाकक्षमा प्रशासन विभागले आयोजना गरेको स्वागत कार्यक्रममा उनले सङ्घीय नेपालको केन्द्रीय राजधानी शहरको छवि बढाउन सरोकारवाला सबै एकै ठाउँमा हुनुपर्ने बताए। केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत विकास पद्धतिको स्थापना गरिने दृढता उनले व्यक्त गरेका थिए।

उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवद्र्धन गर्ने र संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम आफ्नो प्राथमिकतामा परेको भन्दै उहाँले काममा कर्मचारी, जनता र जनप्रतिनिधि पनि खुशी भए यसले मात्र सार्वजनिक संस्थाको गरिमा बढ्ने बताए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत (सचिव) यादवप्रसाद कोइराला संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ । अघिल्लो चैत अन्तिम साता कोइराला महानगरमा नेपाल सरकारको पहिलो सचिवका रुपमा आएका थिए।