एनएमबि बैंकले परियोजना धितोमा दश लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने, यो शिर्षकमा एक अर्ब दिने

0
Shares

एनएमबि बैंकले बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई परियोजना धितोमा प्रति व्यक्ति दश लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने बैंकको छ ।

परियोजना धितोमा ऋण प्रवाह गर्ने सम्बन्धी सम्झौतामा राष्ट्रिय युवा परिषद,एनएमबि बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपाल बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि,२०७५ कार्यान्वयनमा सहयोग पु¥याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडी रोजगारी तथा स्वरोजगारको अवसर श्रृजना गर्ने योजना अनुसार सो सम्झौता गरिएको बैकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसका आधारमा बैंकले ऋण प्रवाह गर्नेछ । यस्तो कर्जा प्रति ब्यक्ति अधिकतम १० लाखसम्म परियोजना धितोमा प्रवाह गर्ने गरी हाललाई एक अर्ब सम्म ऋण प्रवाह गर्ने र माग र आवश्यक्ताको आधारमा बढाउँदै लाने गरी त्रिपक्षीय संझौता गरिएको हो ।

बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशिलता प्रबद्र्घन गर्ने उद्देश्यका साथ यस अन्तर्गत तीनै पक्षहरुले आपसी सहकार्य गर्ने भएका हुन ।

सोका अलाबा बैंकले त्यस्ता संभाबित ऋणीहरुलाई परियोजना संचालनका लागि सुझाब तथा सल्लाह प्रदान गर्ने, आवश्यक तालिमको ब्यवस्था गर्ने, त्यस्ता यूवाहरुलाई लक्षित गरी निक्षेप तथा कर्जाका प्रोडक्टहरु बनाउने र बजारको पहुँचलाई सहजिकरण गराउने बताएको छ ।

नेपालमै स्वरोजगार र रोजगारीका अवसरहरु सृजना गरी स्वदेशमै श्रम गर्ने वातावरण निर्माण गर्न सके सुखी नेपाली र समृद्घ नेपालको राष्ट्रिय संकल्पले सार्थकता पाउन सक्छ भन्ने मान्यतामा दृढ विश्वास गर्दै यो त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको बैंकको भनाई छ ।