ओरियण्टल होटल्सको नाफा एक करोड बढ्यो


ओरियण्टल होटल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा एक करोड २३ लाख रुपैयाँले बढाएको छ । होटलले यो अवधीमा २० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत आर्थिक वार्षको चैत मसान्तसम्ममा १९ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

काठमाडौंको लाजिम्पाटमा र्याडिसन होटल सञ्चालन गरिरहेको यस कम्पनीले चालु आवको चैत मसान्तसम्म सेवाको बिक्री गरी ८७ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा करिब ७ करोडले वढेको हो । गत वर्षको यसै अवधिमा होटलले ८१ करोड २६ लाख रुपैयाँ आम्दानी गरको थियो ।

कम्पनीले ३१ करोड २१ लाख रुपैयाँ होटल सञ्चालनबाट नाफा कमाएको छ । गत वर्ष होटलले २९ करोड ८२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चालु आवको चैत मसान्तसम्मा २१ करोड ३६ लाख रुपैयाँ कर्मचारीलाई खर्च गरेको होटलले १० करोड ७५ लाख लाखको खाध्यान्न र पेय पदार्थ खरिद गरेको छ ।

त्यसैगरी १२ करोड २६ लाख सञ्चालन र ६ करोड १७ लाख ह्रासकट्टी र १२ करोड ३१ लाख रूपैयाँ साधारण तथा कार्यालयमा खर्च गरेको देखिन्छ ।

हाल चुक्ता पूँजी एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ रहेको होटलको सञ्चित कोषमा एक अर्ब ८ करोड १४ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३१ पैसा छ भने प्रतिशेयर नेटवर्थ दुई सय ६६ पैसा छ । होटलको मूल्य आम्दानी अनुपात २२.५८ गुणा बढी छ ।