युनिलिभरको प्रतिशेयर आम्दानी २९७ रुपैयाँ


नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपालको प्र्रतिशेयर आम्दानी २९७ रुपैयाँमा पुगेको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा व्यापार तथा नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार आएको हो । गत आर्थिक वर्षको चैत्रमा २७४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २९७ रुपैयाँमा पुगेको हो । 

चैतसम्ममा कम्पनीको नाफा ८.६१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २७ करोड ३६ लाख खुद नाफा गरेको छ । गत आवको यसै अवअधिमा कम्पनीले २५ करोड १९ लाख खुद नाफा गरेको थियो ।
चैत्र मसान्तसम्ममा कम्पनीले एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ बरावरका उत्पादनहरु बिक्री गरेको छ । यो गत आव यसै अवधिको तुलनामा २७ करोड २० लाख रुपैयाँले धेरै हो ।

चुक्ता पूँजी ९ करोड २१ लाख रअ‍ेको कम्पनीको सञ्चित कोषमा दुई अर्ब ९ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ दुई हजार ३७६ रुपैयाँ छ ।