नागरिक लगानीको कोषको ९ महिनाको नाफा २८ करोड ७७ लाख

0
Shares

नागारिक लगानी कोषले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिसम्म २८ करोड ७७ लाख खुद नाफा आर्जन गरेकोे छ । कोषको नाफा समीक्षा अवधिमा ५ करोड रुपैयाँले बढेको हो ।

कोषले गत आर्थिक बर्षको चैतमसान्त सम्ममा कुल २३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । कोषले ब्याज ३ करोड ७० लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट एक करोड १० लाख लाभांस आम्दानी गरेको छ । यसैगरी सो अबधिमा कोषको सेवा शुल्क तथा कमिशन आम्दानी पनि बढेर ४८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कोष संचालन खर्च १५ करोड ८ लाख रुपैयाँ छ। गत बर्षको यसै अवधिमा १५ करोड ५३ लाख थियो ।

कोषको सेयर पूँजी एक अर्ब १० करोड रुपैयाँ छ भने कोषको खुद मौज्दातमा एक खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ छ । यसअवधिमा कोषले एक खर्ब २० अर्ब ३० करोड लगानी गरेको छ । कोषले बैंक मौज्दातमा एक अर्ब ८९ करोड छ ।

कोषको प्रतिसेयर आम्दानी गत आबको चैत मसान्तको भन्दा २ रुपैयाँले बढ्दै ३५ रुपैयाँ पुगेको छ । तर, असारको तुलनामा भने ५ रुपैयाँले कम हो । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ छ ।