हिमालयन बैंकमा बेलायतको सीडीसी बैंक भित्रिने, पाकिस्तानको हबिबले छाड्ने

0
Shares

हिमालयन बैंकमा बेलायतको सीडीसी बैंक साझेदारको रुपमा भित्रिने भएको छ । पाकिस्तानको हबिब बैंकले छाड्ने भएपछि बेलायती साझेदार हिमालयन बैंकमा भित्रिने भएको हो ।

हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत हिस्सेदारीलाई सीडीसीले लिएर प्रबेश गर्न लागेको हो । हबिब बैंकको हिस्सेदारी कुन मूल्यमा सीडीसीले खरिद गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको नोटबजार स्रोतले बताएको छ ।

सन् १९९३ मा पाकिस्तानी हबिब बैंकसँगको साझेदारीमा स्थापित हिमालयन बैंकमा बेलायती बैंक सीडीसी भित्रिएपछि अरु मजबुत हुने संभावना बढेको छ ।

हिमालयन बैंकमा सीडीसीको प्रबेशले संस्थागत सुशासन र बित्तीय अबस्था झन् मजबुत हुने संभावना बढेको छ । बेलायती सरकारको पूर्ण स्वामित्व रहेको कमनवेल्थ डेभ्लपमेन्ट कर्पोरेशन अर्थात सीडीसीले विकाशउन्मुख र गरीब देशहरुमा बित्तीय स्रोत प्रबाह र ईक्विटीहरुमा लगानी गर्ने गर्छ ।

सीडीसीले आफ्ना गतिविधि दक्षिण एशिया र अफ्रिकी गरीब देशहरुमा केन्द्रित गर्ने रणनीति अख्तियार गरेको छ । हिमालयनले सीडीसीबाट २ करोड डलर बैदेशिक कर्जा समेत प्राप्त हुने बारेमा सहमति भईसकेको छ । ।

हिमालयन बैंकमा नेपाली संस्थापक शेयरधनीको ६५ प्रतिशत, हबिब बैंकको २० र सर्बसाधारणको १५ प्रतिशत हिस्सेदारी रहेको छ ।
बेलायती साझेदारी बारेमा हबिब र हिमालयनले औपचारिका रुपमा केही बताएका छैनन ।