४८ बैंक तथा वित्तीय संस्था मार्फत आइतबारदेखि अनलाईन भूक्तानी


नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाईन शेयर कारोबार प्रणालीमा बैंक इन्टिग्रेसन गरेपछि आइतबार देखि नै अनलाइन रकम भूक्तानी गर्न सकिने भएको छ । अनलाईन भूक्तानी प्रणालीमा नेपाल क्लियरिङ्ग हाउस(एनसीएचल)लाई जोडेसँगै तत्काल ४८ बैंक वित्तीय संस्थावाट अनलाइ भुक्तानी गर्न सकिने भएको हो ।

बिहीबार एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएको नेप्सेले जनाएको छ । पहिलो चरणमा लगानीकर्ताले खरिद गरेको शेयरको भुक्तानी ब्रोकर कार्यालय नगइ अनलाइन प्रणालीबाट मार्फत ब्रोकर कम्पनीहरुलाई भूक्तानी गर्न सकिनेछ । तर, लगानीकर्ताले ब्रोकर मार्फत बिक्री गरेको शेयरको भूक्तानी पाउन भने अझै केही समय लाग्ने नेप्सेले जनाएको छ ।

नेपाल क्लियरीङ्ग हाउसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुबाट अनलाइन प्रणालीबाट सम्पुर्ण शेयर कारोबारको फस्र्यौट सम्भव हुनेछ । यो सुविधा सुरु भएसंगै विश्वका जुनसुकै स्थानमा रहेका नेपाली नागरिकले अनलाईन मार्फत शेयर खरिद, बिक्री तथा राफसाफ गर्न सक्नेछन ।

एनसीएचएलले गर्नु पर्ने सम्पुर्ण काम सकिएको नेपाल क्यलियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बताए । पहिलो चरणमा लगानीकर्ताले ब्रोकरलाई शेयर कारोबारको रकम भुक्तानी एक पटकमा प्रतिकारोबार एक लाख रुपैयाँ भुक्तानी गर्न सक्नेछन् ।

यदि सो भन्दा धेरै रकम भुक्तानी गर्नुपर्नेमा पटक पटक गरेर भूक्तानी गर्नुपर्ने हुन्छ । कुनै एक बैंक एक खाताबाट प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न सकिन्छ ।
हाल कनेक्ट आईपिएसमा आबद्ध रहिरहेका ४८ बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाईनबाट कारोबार गर्न सक्नेछन् । सो प्रणालीमा ७ संस्था आबद्ध हुने प्रकृयामा रहेका छन् । प्रक्रियामा रहेको ५ संस्थापनि एनसीएचएलको कनेक्ट आइपीएसमा जोडिएपछि ५३ वटाबाटै संस्थावाट कारोबार हुनेछ । दोस्रो चरणमा आईपिएस र एनसिएचएएल आईपिएस आबद्ध हुँदा ७ दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाईन कारोबार प्रणालीबाट भुक्तानी गर्न सक्ने क्लियरिङ्ग हाउसले जनाएको छ ।
अनलाईन कारोबार प्रणाली मार्फत रकम भुक्तानी गर्दा लगानीकर्ताले ५० हजार रुपैयाँ भन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपैयाँ, ५ हजार देखि ५० हजारसम्म १० रुपैयाँ, पाँच सय देखि ५ हजारसम्म ५ रुपैयाँ र पाँच सय रुपैयाँसम्मको लागि दुई रुपैयाँ शुल्क क्लियरिङ्ग हाउसलाई तिर्नुपर्नेछ । २०७५ कात्तिक २० गतेदेखि थालिएको अनलाइन शेयर कारोबार प्रणालीमा भुक्तानी प्रणाली जोड्ने कार्य नेप्सले २ महिना यता गरिरहेको थियो।