हिमालयन डिष्ट्रिलरीको ६८.४२ प्रतिशत लाभांश


हिमालयन डिष्ट्रिलरीले शेयरधनीलाई चालु आर्थिक वर्षको मुनाफाबाट ६८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उत्पादनमूलक समुहमा सूचीकृत कम्पनी गत आर्थिक वर्षको सञ्चित नाफावाट सेयरधनीलाई लाभासं दिने भएको हो ।

कम्पनी सञ्चालक समितिको जेठ ९ गते बिहीबर सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको गत वर्षको सञ्चित नाफा रकमबाट कर सहित प्रतिशेयर ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो लाभांश जेठ १६ गते बिहीबारसम्म कायम रहेका सेयर धनीले मात्र पाउने छन । हिमालयन डिष्टिलरीले गत आव २०७४।७५ को मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर कर सहित २१.०५ प्रतिशत नगद लाभांश गत फागुन ६ गतेदेखि वितरण गरिसकेको छ । कम्पनीको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो।

हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ६९.२४ प्रतिशत धेरै ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ रहेको कम्पनीले ७३ करोड ६१ लाख रिटेन्ड अम्दानी गरेको छ । कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।