निःशुल्क लगानीकर्ता प्रशिक्षण गर्दै धितोपत्र बोर्ड


नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई निःशुल्क रुपमा प्रशिक्षण प्रदान गर्ने भएको छ। बोर्डले आफ्नो कार्यालय जावलाखेल, ललितपुरमा प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार प्रशिक्षण दिने भएको हो ।


बोर्डका अनुसार दिनको २ः०० बजे देखि ४ः०० बजेसम्म पाक्षिक रुपमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। प्रशिक्षण कार्यक्रममा इच्छुक लगानीकर्ताहरुले बोर्डमा सम्पर्क गरेर मार्फत नाम टिपाउन सक्नेछन्।

यस्तै रेडियो नेपाल मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७.४० देखि ७.५५ सम्म धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम संचालन गरि रहेको छ ।

रेडियो कान्तिपुर एफएम बाट पनि प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७.३० देखि ८.०० बजे सम्म लगानीकर्ता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।