आदर्श लघुवित्त पनि मर्जर प्राप्तीमा


आदर्श लघुवित्त कम्पनी स्थापना भएको एक वर्ष नपुग्दै मर्जर तथा प्राप्तीमा जाने निर्णय गरेको छ ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको संख्यात्मक भन्दा गुणात्मक विकासका लागि मर्जर प्राप्ती नीति लिएपछि लघुवित्त कम्पनी एक पनि अर्को मर्जर प्राप्तीमा इच्छुक देखिएका छन ।
बनेपामा केन्द्रीय कार्यालय लघुवित्तले असार ५ गते आह्वान गरेको प्रथम वार्षिक साधारण सभामा गाम्भे गाभिने तथा प्राप्तीसँग सम्बन्धित काम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव छ ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन, प्रबन्धपत्र तथा जियमावली संसोधन, वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, तथा लेखापरिक्ष्म नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावमाथि छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेको छ।