मेरो माइक्रोफाइनान्सको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन


मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले जेठ ७ गतेदेखि दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

जेठ १३ गते सोमबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ६०१ रुपैयाँ कारोबार भएको छ । लिलामीमा न्यूनतम एक सय रुपैयाँ अंकित मूल्यबाटै लिलामी भर्न पाउने भएपनि दोस्रो बजारको दशदेखि १५ प्रतिशत मुनि मात्रै कटअफ मूल्य यसअघिका लिलामीमा निर्धारण हुँदै आएकाले त्यसलाइ पनि आवेदनकले ध्यान दिनु पर्छ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट मंगलबार कार्यलय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

यसरी बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ । माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो। सो हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा बिक्री नभएको सो परिमाणमा शेयर लिलामीमा आएको हो ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।