बजेटले सेयर बजारमा उत्साह, अल्पकालीन कारोबारी हाबीे


सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसंगै शेयर बजारमा उत्साह देखिएको छ । बजेटआएपछि बिहीबार खुलेको सेयर बजारमा डेढ अर्ब भन्दा धेरैको शेयर कारोबार भएको छ । तर, बढेको बजारमा अल्पकालीन कारोबारीहरु हाबी हुँदा कारोबार खुलेको १० मिनेटमा ३५ अंक बढेको बजार परिसूचक अन्तत साढे ५ अंकले मात्र वढेर बन्द भएको छ ।

बजेटले हकप्रद र बोनस शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने र पूँजीगत लाभकर साढे ७.५ बाट ५ प्रतिशतमा झारेको छ । पूँजीगत लाभकरको विषय बजेटमार्फत टुङ्गो लाग्दा लगानीकर्ताहरु सकारात्मक छन ।

बिहीबार उतारचढा देखिएको सेयर बजारमा एक अर्ब ५२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गैर आवासिय नेपालीलाई पूँजी बजारमा भित्र्याउने कानुनी व्यवस्था र बढेको पूँजीगत लाभकर घट्दा लगानीकर्तामा थप उत्साह जगाएको हो ।

बिहीबार नेप्से परिसूचक ५.५८ अंकले बढेर १३१९.४७ बिन्दुमा पुगेको छ । यस दिन १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर एक अर्ब ५२ करोड ८१ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारको सुरुवातमा अधिकांस कम्पनीको शेयर मूल्यबढे तापनि कारोबारको अन्तिम समयमा अधिकांश उप समूहको सूचक नाकारात्मक भएका छन् । बिहीबार सात वटा उपसमूहको सूचक घटेको छ भने चार सूचकमा सुधार भएका छन् ।

यस दिन बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै १०.९५ अंकले बढेको छ । जीवन बीमा ९.५४, अन्य २.०७ र म्युचुअल फण्डको सूचक ०.०७ अंकले बढेको हो ।
यता उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै २४.३५ अंकले घटेको छ । होटल १८.५४, र्निजीवन बीमा ६.७९, जलविद्युत ५.२९, विकास बैंक ४.४४, लघुवित्त १.७८ र वित्तको सूचक ०.०९ अंकले घटेको छ ।