इन्भेष्टमेन्ट बैंकले २ लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने


नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीबारदेखि दुई लाख १४ हजार ६१० कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताले जेठ २३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ ।

 

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम ३०० रुपैयाँ अंकितदरमा प्रतिस्पर्धि मूल्यमा बोलकबोल गर्नुपर्नेछ । लिलामीका लागि न्यूनतम ३ हजार कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाटबाट ५०० रुपैयाँ तिरेर आवेदन फारम प्राप्त गर्न सक्नेछन् भने जेठ २३ गते कार्यालय समयभित्र क्यापिटलमा बोलपत्र दर्ता गराइसक्नु पर्ने जनाइएको छ ।
उक्त लिलामीको बोलपत्र जेठ २४ गते बिहान १०ः३० बजे एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा खुला गरिने जनाइएको छ ।