नबिलव्यालेन्सड् फण्ड–२ को आकार घटाइ एक अर्ब १२ करोडको


नविल इन्भेष्टमेन्टले निष्कासन गरेको एक अर्ब २० करोड रुपैयाँ बरावरको सामुहिक लगानी कोष पुर्ण रुपमा बिक्री हुन नसकेपछि योजनाको आकार घटाएको छ । ३४ हजार १४१ जनाले फण्डको इकाइमा आवेदन गरेकोमा ३३ हजार ९८ आवेदकलाई मात्र बाँडफाँड प्रकृयामा सहभागि भएिपछि योजनाको आकार घटाइ बाँडफाँड गरेको हो ।

नविल इन्भेष्टमेन्टले नबिल व्यालेन्स फण्ड २ का लागि आवेदन दिएका १ हजार ४३ आवेदन रद्ध गर्न परेपछि योजनाको अकार घटाइ बाँडफाँड गर्नु परेको हो । ३४ हजार १४१ आवेदकहरुबाट जम्मा १० करोड ४२ लाख २६ हजार ७३० इकाई माग भएको थियो । १ हजार ४३ वटा आवेदनबाट माग भएको १ करोड २ लाख ८६ हजार ७६० इकाई रद्ध गरिएको नबिल इन्भेष्टले जनाएको छ ।

बाँकी सबै आवेदकलाई ९ करोड ३९ लाख ३९ हजार ९७० इकाई बाँडफाँड गरी राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ३० ईकाइ बीज पूँजीको रुपमा थप गरेको छ । योसँगै व्यालेन्स फण्ड २ को आकार १ अर्ब १२ करोड रुपैंया भएको छ ।

नबिल बैंक कोष प्रबन्धक तथा नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग. योजना व्यवस्थापक रहेको फण्डको १२ करोड इकाईहरु गत बैशाख ५ देखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो । नबिल इन्भेष्टले इकाईको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गरेको थियो ।

बीज पूँजी बापत न्युनतम १ करोड ८० लाख ईकाइ मध्ये कोष प्रबन्धक नबिल बैकलाई १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख ईकाइ छुट्याइएको थियो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गलार्ई १ प्रतिशतले हुन आउने १२ लाख इकाई छुट्याएर बाँकी रहेको १० करोड २० लाख ईकाइ सर्वसाधारणमा निष्काशन भएको थियो ।