तीन कम्पनीको शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साता स्टकमा विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त, र रिलायन्स फाइनान्सले कारोबारका लागि शेयर सूचीकरण गराएका हुन्।

जसमा गुराँस लघुवित्त वित्तीय संस्थाको सोमबार ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ । गुराँस लघुवित्त सर्वसाधारणा जारी गरेका २ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो।

यस्तै विजय लघुवित्त वित्तीय संस्थाको एक लाख ७७ हजार १०० कित्ता बोनस शेयर र रिलायन्स फाइनान्सको तीन लाख एक हजार २७४ कित्ता हकप्रद सूचीकृत भएको नेप्सेले जनाएको छ।