युनियन हाइड्रोको शेयर आजदेखि नेप्सेमा किनबेच हुने, कति तोकियो सुरुवाती रेञ्ज ?

0
Shares

युुनियनको हाइड्रोपावरको शेयर आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खरिदबिक्री गर्न पाइनेछ ।

मंगलबार कम्पनीको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले गत चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो ।

नेप्सले यो कम्पनीको शेयरका लागि सुरुवाती कारोबार रेञ्ज ७९.८२ रुपैयाँदेखि २३९.४७ रुपैयाँ तोकिदिएको छ । यसको अर्थ यो कम्पनीको सेयर न्यूनतम ७९.८२ रुपैयाँदेखि अधिकतम २३९.४७ रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।

आज बजार खुल्नु अगावै कम्पनीको शेयर प्रिओपन सेसनमा कारोबारका लागि खुला हुनेछ । सो समयमा कारोबार भएमा मात्र नियमित कारोबारमा आउनेछ ।

कारोबारका लागि नेप्सेले यो कम्पनीलाई यूएनएचपिएल(UNHPL)को कारोबार संकेत समेत प्रदान गरेको छ ।