चीनमा एक हप्तादेखि अविरल वर्षाका हुँदा १७ को ज्यान गयो

0
Shares

चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण १७ जनाको ज्यान गुमेको छ। गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । झण्डै एक हप्तादेखि अविरलरुपमा परेको वर्षाका कारण पाँच लाख ९० हजार मानिस प्रभावित भएको उनीहरुको भनाइ छ ।

प्राप्त पछिल्लो विवरणअनुसार ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अन्य ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । अत्यधिक वर्षाका कारण बाढी पनि आएको छ । बाढीले ३४ हजार ६ सय हेक्टर जमिनको बाली नष्ट गरिदिएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै एक हजार ७४७ घरमा वर्षा र बाढीले असर पारेको छ भने तीमध्ये ९६६ वटा घर नराम्रोसँग क्षति भएका छन् ।