‘विप्लव’ समूहका जिल्ला अध्यक्ष पक्राउ

0
Shares

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

गिरीलाई बर्दघाट–९ बाट बुधबार पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।