केन्द्रीय बैंकले असार २ गते आठ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

0
Shares

केन्द्रीय बैंकले नियमति रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यही जेठ २७ गते पनि त्यस्तै ट्रेजरी बिल बिक्री गरेको थियो ।