तीन कम्पनीको ८१ लाख कित्ता सेयर सूचिकृत

0
Shares

यस साता नेपाल स्टक एक्स्चेञ्ज९नेप्से०मा विभिन्न तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता सेयर सूचिकृत भएको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोपावरको सो परिमाण्को सेयर सूचिकृत भएको हो । जसमध्ये स्वाभिमान लघुवित्त र यूनियन हाइड्रोको साधारण सेयर (आईपीओ) र नेपाल कम्युनिटीको बोनस सेयर सूचिकृत भएको हो ।

स्वाभिमान लघुवित्तको ६ लाख १८ हजार ६१० कित्ता र यूनियन हाइड्रोको ७५ लाख कित्ता आईपीओ सूचिकृत भई दोश्रो बजारमा कारोबार समेत भइसकेको छ । स्वाभिमानको स्टक सिम्बोल ‘एसएमएफबीएस’ र यूनियन हाइड्रोको ‘यूएनएचपीएल’ बाट कारोबार भएको छ ।

त्यस्तै, नेपाल कम्युनिटीको ५२ हजार ६४० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।