सान्जेन जलविद्मुतमा इन्भेष्टमेन्ट बैंक सहित तीन वाणिज्य बैंकले लगानी गर्ने

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक लगायत तीन वाणिज्य बैंकले ७८ मेगावाटको सान्जेन जलविद्मुत आयोजनामा ऋण लगानी गर्ने भएका छन् ।

शुक्रबार एनआइबिएल र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा ‘सिन्डिकेटेड फेसिलिटी’को सम्झौता भएको छ।

आज भएको सम्झौता समारोहमा एनआइबिएलका साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरे।

७८ मेगावाटको सान्जेन जलविद्मुत आयोजनामा चाइना हारबोर इन्जिनियरिङ कम्पनीद्घारा प्रवर्धित कम्पनी सालासुङगीपावर लिमिटेडले निर्माण गर्नेछ । रन अफ रिभरमा आधारीत आयोजना रसुवा जिल्लाको सान्जेन खोलामा निर्माण हुनेछ ।

उक्त सान्जेन खोला आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्यूमेक प्रति सेकन्ड रहने र नेट हेड करिब १००० मिटर रहने छ । यो आयोजनाको कुल लागत १३ खर्ब २ अर्ब लागने अनुमान गरिएको छ ।

उक्त आयोजनामा ९२ प्रतिशत इक्विटी चाइना हर्बोर इन्जिनियरिङ कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरुको रहने छ ।