वडा कार्यालयमा चोरी

0
Shares

राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गए राति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिब दुई लाख मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए। चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।