कर्मा फ्लाइर्टसद्धारा सरस्वती विद्यालयलाई भौतिक तथा आर्थिक सहयोग


कर्मा फ्लाइर्टसले पोखरा महानगरपालिका वडा नं १८ सिमतालमा रहेको श्री सरस्वती प्राथमिक विद्यालयलाई भौतिक तथा आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थाले विद्यालयको शैक्षिक पूर्वाधार निमार्णका साथै आर्थिक सहायत गरेको हो । कर्मा फ्लाइर्टसले उक्त विद्यालयमा साढे ७३ हजारको लगानीमा चिप्लेटी र पिङ निमार्ण गरिदिएको छ । त्यस्तै संस्थाले शिक्षकको तलबका लागि वार्षिक ५० हजार रुपैयाँ र विधार्थीको खाजाका लागि मासिक आठ हजार रुपैयाँ प्रदान गरेको छ । 

पोखरामा प्यारग्लाडिङ, ट्रार्भल्स तथा ट्रेकिङ लगायत पर्यटन क्षेत्रमा सक्रिय रहेको कर्मा फ्लाइर्टसले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई सहयोग गरेको संस्थाका अध्यक्ष प्रेम बहादुर कुँवरले बताए । 

पोखराको पर्यटन विकासको क्षेत्रमा सक्रिय कर्मा फ्लाइर्टसले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रम संचालन गर्दे आएको संस्थाका अध्यक्ष कुँवरले बताए । उक्त संस्थाले गोर्खा, बाग्लुङ र कास्कीका विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको छ । गोर्खा भूकप्पका बेला पनि कर्मा फ्लाइर्टसले त्यस क्षेत्रमा विभिन्न प्रकारका सहयोग प्रदान गरेको थियो । 

विधार्थी संख्या अपुग भएको भन्दै सो विद्यालय खारेजमा परेको थियो । स्थानीय सराङकोट समाज सेवा युवा क्लब र विभिन्न संस्थाहरुको पहलमा विगत दुईवर्ष यता विद्यालय पुन संचालनमा आएको क्लबका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु थापाले जानकारी दिए । अहिले सो विद्यालयमा चार शिक्षक र २५ विधार्थी छन ।