भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

0
Shares

सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ ।

उहाँमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ । अधिकारीहरूले पूर्व राष्ट्रपतिमाथि लगाइएका आरोपबारे अनुसन्धानका लागि उनलाई झिकाइएको हो ।

बसिरलाई अनुसन्धानका लागि उपस्थित गराइँदा उनी सुडानको परम्परागत पहिरनमा थिए। उनलाई कडा सुरक्षाका साथ राजधानीस्थित कोबर जेलबाट अभियोजनकर्ताको कार्यालयमा ल्याइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बसिरलाई सत्ताच्युत गरिएपछि पहिलो पटक उनलाई सार्वजनिक रूपमा देखाइएको हो । उनलाई गत अप्रिल ११ मा सेनाको सहयोगमा पदच्युत गरिएको थियो ।

सुडानका पूर्व राष्ट्रपति बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाईका लागि यसै अदालतमा उपस्थित हुने शनिबार यहाँका अधिकारीले जानकारी गराएका थिए ।

सुडानी कार्यबाहक महाअभियोजक अल वालीद सैयदले भने, “सुडानमा भ्रष्टाचार र अवैधरूपमा विदेशी मुद्रा आर्जन गरेको आरोप अदालतमा परेकोले यसबारे सुनुवाईका लागि उहाँलाई अदालतमा उपस्थित हुन निर्देशन दिइएको थियो ।”

तर शनिबारको सूचनामा उनलाई कुन दिन उपस्थित गराउने भन्नेबारे सुडानी अधिकारीले थप विवरण भने दिएका थिएनन् ।

लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महङ्गीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानल ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई सेनाको सहयोगमा पदच्युत गरेका थिए।

सैनिक शासक बुर्हानका अनुसार बसिरलाई पदच्युत गरेपछि उनको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन विदेशी मुद्रा जफत गरिएको वर्तमान् प्रशासनले दावी गरेको छ ।

जस अन्तर्गत प्रहरी, सेना र सुरक्षा अधिकारीले उहाँसँगबाट ७० लाख यूरो, तीन लाख ५० हजार अमेरिकी डलर र १० करोड ५० लाख अमेरिकी डलर बराबर सुडानी पाउन्ड जफत गरेको पनि बताइएको छ ।