बुद्धभूमी हाइड्रोको आइपिओले पायो कमजोर रेटिगं, १२ करोडको आउने

0
Shares

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले कमजोर रेटिगं गरेको छ । हाइड्रोको आइपिओले फोर प्लस रेटिग पाएको छ ।

कम्पनी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीको गत पुसमा सम्पन्न एघारौं वार्षिक साधारण सभाले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले १२ लाख कित्ता शेयरमध्ये ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ ।
यस कम्पनीको आइपिओ निष्कासनका लागि सिभिल क्यापिटल बिक्री प्रवन्धक नियुक्ति भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

उक्त आयोजना नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित तादी खोलामा रहेको छ । ५ मेगावाट क्षमताको उक्त आयोजनाको हालसम्म ५० प्रतिशत बढी निर्माण कार्यसम्पन्न भइसकेको छ ।