लमजुङमा २.४ मेगावाटको अपर स्याङ्गे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले असार २९ गते आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीका सञ्चालक समितीको असार ४ गते बसेको बैंठकले होटल मूल्बरी ठमेलमा दोस्रो वार्षिक साधारण सभाको आह्वान गरेको हो । साधारण सभामा सञ्चालक समितिको वासिर्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षको प्रतिवेदन सहित आव २०७४/०७५ को वार्षिक वित्तिय विवरणहरु वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह स्वीकृतच गर्ने, आव २०७५र०७६ को लागि लेखा परीक्षक नियुक्त र पारिश्रमिक निर्धारण विषयमा छलफल गरी पारित गर्नेछ ।
प्रतिक्रिया