काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोला ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५९७.११ अमेरिकी डलर र चाँदी ४१.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
