सिभिल बैंकबाट डेढ लाख कित्ता शेयर बिक्री गरेर संस्थापक बाहिरिँदै

0
Shares

सिभिल बैंकका एक संस्थापकले करिब डेढ लाख कित्ता शेयर बिक्री गरेर बाहिरिने भएका छन्। उनले सो शेयर बिक्री गर्ने भएपछि बैंकले असार ८ गते आइतबारदेखि संस्थापक समूहको १ लाख ४९ हजार ८९ कित्ता शेयर लिलामीमा ल्याएको छ।

बोलपत्र पेश गर्दा न्यूनतम दश हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामी शेयरमा असार २२ गते भित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको मुख्य कार्यालय राष्ट्रिय नाचघर, जमल काठमाडौंमा आईपुग्ने गरी बोलपत्र पेश गर्नेपर्नेछ ।

उक्त बोलपत्र असार २३ गते बिहान ११ बजे खुला गरिने बिक्री ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । इच्छुक योग्य व्यक्ति तथा संस्थाले उक्त शेयरमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखी बढाबढ मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको संस्थापक शेयर अन्तिम पटक ११६ रुपैयाँमा कारोबार भएको छ ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम एक प्रतिशतभन्दा बढी संस्थापक शेयर खरिद बिक्री गर्न अनिवार्य रुपमा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्छ । त्यस अनुसार बैंकको ठुला लगानीकर्ताहरु बाहिरिन लागेको बुझिएको छ ।

हाल सिभल बैंकमा इच्छाराज तामाङ्गसँग ६.३० प्रतिशत, सृजना शाक्यको नाममा ४.६२ प्रतिशत, राजु श्रेष्ठ १.४८, मिना महर्जन १.३८, अमिररन्त डैगोल र त्रिरत्न महर्जनसँग समान १.११ प्रतिशत र जय महाशक्ति टे«ेड इन्भेष्मेन्ट एण्ड सप्लायर्स प्रालिको नाममा १.०५ प्रतिशत संस्थापक शेयर हिस्सा रहेको छ ।