पुष्कल बहादुर थापा नेकपा सराङकोटको अध्यक्ष चयन

पुष्कल बहादुर थापा नेकपा सराङकोटको अध्यक्ष चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं १८ सराङकोटको अध्यक्षमा पुष्कल बहादुर थापा चयन भएका छन् ।

साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठन भएपछि थापा अध्यक्ष बनेका हुन् । यसअघि थापा नेकपा एमाले वडा नं १८ सराङकोटको अध्यक्ष थिए ।

पर्यटन व्यवसायी थापा शिशुस्याहार सराङकोट मोटरबाटको पूर्व अध्यक्ष, सराङकोट समाज सेवा युबा क्लबको पूर्व अध्यक्ष तथा फेबताल पदेलि सराङकोट मोटरबाटोको पूर्व अध्यक्ष हुन् ।

हाल ५६६ घर धुरिलाई एक घर एक धाराको लक्ष्य अनुरुप अन्तिम चरणमा पुगेको बुढीमुल खानेपानी लिफ्िटङ तथा सरसफाइ सस्थाको अध्यक्ष रहेका छन् ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार ०७ : ५४ बजे