एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रद भर्ने म्याद दुई दिन बाँकी

0
Shares

एभरेष्ट इन्स्योरेन्सले बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन गर्न दुई दिन मात्र बाँकी छ । कम्पनीले गत जेठ १४ गते मंगलबारदेखि चुक्ता पूँजीको तीन सय प्रतिशत अर्थात एक बराबर तीन अनुपात हकप्रद शेयर बिक्रीमा ल्याएको हो।

बीमा समितिको निर्देशन अनुरुप एक अर्ब पूँजी कायम गर्न कम्पनीले हकप्रद जारी गरेको हो । समितिको निर्देशन अनुरुप कम्पनीले संस्थापक साधारण शेयर अनुपात मिलाउन यसअघि शतप्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो । त्यस पश्चात कायम पूँजीको ३०० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो।

यो हकप्रद बिक्रीपछि एभरेष्टको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुकक्लोज गरेको थियो। यसअनुसार बैशाख ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन भर्न पाउनेछन्।

इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन असार १६ गते रहेको छ।